उद्देश्य

सुडी समाज का उदेश्यहरु देहाय बमोजिम रहनेछन् –
संस्था ऐन २०३४ बमोजिम स्थापना भएको सुडी समाज काठमाडौँ अविच्छिन्न, उत्तराधिकारवाला स्वायत्त संगठित संस्था हो । यस ऐनले समाजलाई निम्न उद्देश्य तथा कर्तव्य तोकेको छ ।
१ काठमाडौंँ उपत्यकामा बसोबास गरिरहेका सुडी समुदायका व्यक्तिहरुबीच पारस्परिक सम्बन्ध, सहयोग एंव समझदारी अभिवृद्धि गर्ने गराउने,
२ सुडी समुदायमा रहेका विभिन्न खालका विकृति एंव विसंगतिहरु सुधार गर्ने सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने गराउने,
३ समाजको मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन, विस्तार र विकास गर्ने गराउने,
४ राष्ट्र र समुदायको हितमा हुने विभिन्न किसिमको कार्यक्रमहरु सञ्चालन गर्ने गराउने,
५ विभिन्न किसिमका बुलेटिन, स्मारिक, मुखपत्र, ब्रोसर, पुस्तक आदि प्रकाशित गर्ने गराउने,
६ अक्षयकोष लगायत अन्य कोषको स्थापना गर्ने गराउने,
७ विभिन्न किसिमको पुरस्कार एंव सम्मानको व्यवस्था गर्ने गराउने,
८ आवश्यक चल अचल सम्पति प्राप्त गर्ने,
९ स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्था र निकायसँग आपसी सम्बन्ध कायम गर्ने,
१० विभिन्न सेवामूलक कार्यक्रमहरु सञ्चालन गर्ने गराउने ।