महासचिवको सन्देश

महासचिवको सन्देश

बसाइँसराइ मानवका सामाजिक तथा आर्थिक पक्षका प्रक्रिया हुन् । बसाइँसराइका प्रक्रियाहरु परापूर्वकालदेखि चल्दै आएका छन् । मानवले सहज, सुख, सुविधा, तथा धन आर्जनका लागि स्थान परिवर्तन गर्ने गर्छन् । यसै परिपेक्ष्यमा सुडी समुदायका व्यक्तिहरुले उद्योग व्यवसाय, रोजगारी, पढाइजस्ता आर्थिक, सामाजिक, भौतिक, शैक्षिक र राजनीतिक उद्देश्य परिपूर्तिका लागि आफ्नो जन्मथलो छाडेर काठमाडौंमा बसाइँसराइ गरेका छन् । काठमाडौँमा छरिएर रहेका सुडी समुदायका व्यक्तिको हकहित र अधिकारको प्रवद्र्धन तथा उन्नयनका लागि २०५८ वैशाख १९ गते सुडी समाज काठमाडौंको स्थापना भएको हो ।

हरेक संगठनको निर्दिेष्ट लक्ष्यप्राप्तिका लागि त्यसमा कार्यरत सदस्यहरुको विशिष्ठ भूमिका रहन्छ । सदस्यको स्वभाव, दृष्टिकोण, व्यवहार, आकांक्षा तथा समूहगत मूल्य एंव मान्यता र विश्वासजस्ता व्यवहारात्मक पक्षहरुबाट नै उनीहरुको कार्यक्षमता र संगठनात्मक प्रभावकारिता प्रभावित हुन्छ । त्यसैले अनुशासित, मर्यादित र संगठनात्मक विकासका लागि समाजका समस्त काम कारवाहीलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउनु आवश्यक छ । यसका लागि समाजका हरेक सदस्यले प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक छ । सुडी समाजको संस्थागत विकास तथा सुडी जातिको हकअधिकार र उन्नयनका साथै यस समुदायको मौलिक भाषा, धर्म, संस्कृति र भेषभूषाको प्रवद्र्धनका लागि समाज प्रतिवद्ध छ । वर्तमान कार्यसमितिले लिएको ‘सुडी समुदायको सशक्तीकरण, हकअधिकार संरक्षण र मौलिक संस्कृतिको प्रवद्र्धनका लागि सशक्त समाज’ भन्ने मूल नीतिअन्तर्गत रहेर उत्तरदायी र सबल समाज, सदस्यहरुको हकहित र सुरक्षा, संगठनात्मक सुदृढिकरण र संस्थागत विकास, महासंघको अवधारणा, समाजको आफ्नो छुट्टै भवन वा जग्गा खरिदलगायत साझा आंकाक्षा पूरा गर्न समाज क्रियाशिल छ ।

आफ्नो स्थापना कालदेखि नै सुडी समुदायको सम्मान, पहिचान र सशक्तिकरणका पक्षमा वकालत गर्दै आएको समाजले समुदायमा देखिएका गलत प्रवृतिका विरुद्ध सन्तुलित हुँदै जहिल्यै अग्रमोर्चामा रहेर कार्य गर्दै आएको छ । विशेषगरी सुडी समुदायको आवाजलाई सवल रुपमा उठाएर राज्यको उपल्लो निकायसम्म पु¥याउने विगतदेखिको प्रयासलाई अगामी दिनमा पनि अझ सशक्त र बलियो रुपमा अगाडि बढाउने नै छौं । समाजको संस्थागत विकास र संगठनात्मक सुदृढीकरणका लागि युवा, महिलालगायत विभिन्न उपसमितिहरु गठन भएर क्रियाशील छन् । जति हाँगाहरु फैलिँदै जान्छन्, उत्ति नै जिम्मेवारी र दायित्व पनि बढ्छ भन्ने कुराप्रति हामी जानकार छौं । जहाँ चुनौती हुन्छ, त्यहाँ नै अवसर पनि हुन्छ । सदैब हामी सबल, सक्ष्म, सुदृढ र बलियो संगठनका मूलमर्म भित्र रहेर समुदायको कल्याणमा निरन्तरता दिने नै छौं । जय सुडी समाज

शीतलप्रसाद महतो
महासचिव