युवा तथा महिलाहरुका लागि नेतृत्व विकास तालीम

युवा तथा महिलाहरुका लागि नेतृत्व विकास तालीम

काठमाडौं, ३ फागुन । सुडी समुदायका युवा तथा महिलाहरुको नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले सुडी समाज काठमाडौँद्वारा आयोजित एक दिने ‘नेतृत्व विकास तालीम’ आज यहाँ सम्पन्न भएको छ ।

युवा तथा महिलाहरुमा रहेको क्षमताको विकास र समुदायको विकासमा उनीहरुको नेतृत्व कायम गर्नका लागि तालीमको आयोजना गरिएको समाजका अध्यक्ष डा अशोक महासेठले जानकारी दिनुभयो । नयाँ पुस्ताको नेतृत्वले समुदायको विकासमा टेवा पु¥याउने भएकाले नेतृत्व विकासका लागि तालीमको आयोजना गरिएको समाजका महासचिव शीतलप्रसाद महतोले बताउनुभयो ।

तालीममा सुडी समाज काठमाडौँका कार्यसमिति तथा युवा र महिला उपसमितिका सदस्य गरी करीब ५० जनाको सहभागिता रहेको थियो ।

तालीमका प्रशिक्षक वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले तालमी पश्चात सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गदै एक दिनको नेतृत्व विकास तालीम निकै छोटो भएको बताउनुभयो । आगामी दिनमा पनि थप तालीमको व्यवस्था गर्न समाज प्रतिबद्ध रहेको महासचिव महतोले जानकारी दिनुभयो ।

सो अवसरमा समाजका उपाध्यक्ष डा रामनन्दनप्रसाद चौधरीले क्रमिक रुपमा युवा तथा महिलाहरुको विकासका लागि नेतृत्व विकासका थप कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । समाजका कोषाध्यक्ष श्रीराम पूर्वे र युवा उपसमितिका संयोजक इञ्जिनीयर रामस्वरुप महासेठले तालीममा सहजीकरण गर्नुभएको थियो ।