महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर प्राङ्गणमा सुडी समाज काठमाडौँले निःशुल्क भोजन तथा स्वास्थ्य शिविरको आयोजना गरेकोमा धनुषा, सपही निवासी बिरेन्द्र कुमार साहले यस वर्षको सम्पुर्ण खर्च दिएको।
यस शिविरमा दश हजारभन्दा बढी भत्तजनहरुलाई निःशुल्क भोजन गराइएको समाजको महाशिवरात्रि उपसमितिका संयोजक शङ्कर साह सुडीजे जानकारी दिनुभयो ।
यसैगरी समाजको स्वास्थ्य उपसमितिद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा करीब दुई सयभन्दा बढीलाई स्वास्थ्य उपचार गरी निःशुल्क औषधि वितरण गरियो ।
शिविरको उद्घाटन गर्दै समाजका अध्यक्ष डा. रमान्नद प्रसाद चौधरी, उपाध्यक्ष शंकर साह सुडी, महासचिव शीतलप्रसाद महतो लगायतका वक्ताले सामाजिक सेवामा समाज क्रियाशील रहेको बताउनुभयो ।