परिचय

परिचय

Sudi Samaj Kathmandu

संगै समाज को निर्माण गरौँ 

सुडी समुदायका व्यक्तिहरुबीच मैत्रीपूर्ण एंव पारस्परिक सम्बन्ध कायम गरी आपसी सहयोग र समझदारीको विकास गर्ने तथा सामाजिक, शैक्षिक, स्वास्थ्यलगायत क्षेत्रको विकास, उन्नयन र कल्याणका लागि सुडी समाज काठमाडौँको स्थापन भएको छ । विसं २०४८ मा इञ्जिनीयर रामवृक्ष साहको संयोजकत्वमा अनौपचारिक रुपमा सुडी समाज काठमाडौँको स्थापना भएको थियो । पछि २०५७ साल भदौं १२ गते राम अशिस महतोको अध्यक्षतामा तदर्थ समिति गठन भई २०५८ वैशाख १९ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सुडी समाज काठमाडौँ विधिवत दर्ता भएर सञ्चालन हुँदै आएको छ ।
‘सुडी समुदायको सशक्तीकरण, हकअधिकार संरक्षण र मौलिक संस्कृतिको प्रवद्र्धनका लागि सशक्त समाज’ भन्ने मूल नीतिअन्तर्गत रहेर समाजले उत्तरदायी र सबल समाज, सदस्यहरुको हकहित र सुरक्षा, संगठनात्मक सुदृढिकरण र संस्थागत विकास तथा यस समुदायको मौलिक भाषा, धर्म, संस्कृति र भेषभूषाको प्रवद्र्धनका लागि क्रियाशिल रहँदै आएको छ ।

सदस्यता
समाज राजनीतिमा संलग्न रहने छैन । कसैको व्यक्तिगत र पारिवारिक विवादमा समाजले कुनै किसिमबाट पनि हस्तक्षेप गर्ने छैन । समाजको आफ्नो उद्देश्य परिपूर्तिका लागि देहाय बमोजिमका सदस्य हुनेछ ः—
१ साधारण सदस्य
काठमाडौँ उपत्यकामा स्थायी वा अस्थायी बसोबास गरिसकेका सुडी समुदायको १६ वर्ष नाघेका नेपाली नागरिकलाई सञ्चालक समितिद्वारा तोकिएको प्रवेश शुल्क र वार्षिक सदस्यता शुल्क लिई साधारण सदस्यता प्रदान गर्न सकिनेछ ।
२ मनार्थ सदस्य
प्रतिष्ठित, मर्यादित, उल्लेखनीय योगदान दिने र समाजलाई महत्वपूर्ण सहयोग प्रदान गर्ने व्यक्तिलाई सञ्चालक समितिले मानार्थ सदस्यता प्रदान गर्न सकिनेछ ।
३ सहयोगी सदस्य
समाजको उद्देश्यलाई सहयोग पु¥याउन सक्छ भनी उपयुक्त लागेको व्यक्तिलाई सञ्चालक समितिले सहयोगी सदस्यता प्रदान गर्न सक्नेछ ।
४ आजीवन सदस्य
काठमाडौँ उपत्यकास्थित सुडी समुदायका व्यक्तिहरुलाई साधारणसभाले तोके बमोजिम एकमुष्ठ रकम लिई सञ्चालक समितिले आजीवन सदस्यता प्रदान गर्न सकिनेछ ।