सुडी समाज काठमाडौंको शनिबार सम्पन्न १०औँ साधारणसभाले डा. अशोक महासेठका अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समितिका वरिष्ठ उपाध्यक्षमा इञ्जिनियर उमाशङ्कर साह, उपाध्यक्षमा डा रामनन्दनप्रसाद चौधरी, महासचिवमा शीतलप्रसाद महतो, सचिवमा शङ्कर साह सुडी, कोषाध्यक्षमा श्रीराम पूर्वे र सहकोषाध्यक्षमा पुनम पञ्जियार छन् ।
त्यस्तै सदस्यमा पञ्चलाल साह, सुरेन्द्रप्रसाद साह, शत्रुघ्न महासेठ, लीना साह, माला महतो, डा रीता महासेठ, पिङ्की महासेठ र राधिका साह रहरेका छन् । यसअघि समाजको साधारणसभाले महासचिव डा रामनन्दनप्रसाद चौधरीद्वारा प्रस्तुत सङ्गठनात्मक प्रतिवेदन र कोषाध्यक्ष शङ्कर साह सुडीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई पारित गरेको थियो ।
सो अवसरमा समाजका अध्यक्ष अधिवक्ता रामकृष्ण निरालाले सुडी जातिको हकअधिकार, भाषा, धर्म, संस्कृति र पहिचानयुक्त आत्मसम्मानको प्रत्याभूतिका लागि समाजका अगुवाहरुले सक्रियतापूर्वक लाग्नुपर्ने आवश्यकता औँल्याए । उनले समाजको विकास र समृद्धिका लागि नयाँ कार्यसमितिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
निर्वाचन अधिकृत तथा वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले समाजभित्रको यथार्थ आत्मसात् गरेर सुडी समाजको सङ्गठनात्मक सुदृढीकरण र समाजको उन्नयनका लागि नयाँ कार्यसमिति लाग्नुपर्ने बताए । सभाले समाजका पूर्वअध्यक्ष जुलीकुमारी महतो महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भएकामा उनलाई सम्मानपत्रद्वारा सम्मान गरे ।