सुडी समाज काठमाडौंको शनिबार सम्पन्न १२ औँ साधारणसभाले शीतल प्रसाद महतोका अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समितिका प्रथम उपाध्यक्षमा शङ्कर साह सुडी, उपाध्यक्षमा बिनय कुमार गामी, महासचिवमा डा. प्रकाश चन्द्र पंजियार, सचिवमा बिरेन्द्र कुमार साह, कोषाध्यक्षमा विनोद महासेठ र सहकोषाध्यक्षमा अंजु कुमारी चौधरी छन् ।
त्यस्तै सदस्यमा देवेन्द्र कुमार महासेठ,राम जतन महतो, पम्मी कुमारी महासेठ,डा. तार्केश्वर महतो,मनोज कुमार महतो,चन्द्रिका महतो,चन्देश्वर महता रहरेका छन् । यसअघि समाजको साधारणसभाले महासचिव शीतल प्रसाद महतोद्वारा प्रस्तुत सङ्गठनात्मक प्रतिवेदन र कोषाध्यक्ष शत्रुघन महासेठ द्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई पारित गरेको थियो ।
सो अवसरमा समाजका अध्यक्ष अधिवक्ता रामकृष्ण निरालाले सुडी जातिको हकअधिकार, भाषा, धर्म, संस्कृति र पहिचानयुक्त आत्मसम्मानको प्रत्याभूतिका लागि समाजका अगुवाहरुले सक्रियतापूर्वक लाग्नुपर्ने आवश्यकता औँल्याए । उनले समाजको विकास र समृद्धिका लागि नयाँ कार्यसमितिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
निर्वाचन अधिकृत तथा वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले समाजभित्रको यथार्थ आत्मसात् गरेर सुडी समाजको सङ्गठनात्मक सुदृढीकरण र समाजको उन्नयनका लागि नयाँ कार्यसमिति लाग्नुपर्ने बताए ।