सुडी समाज काठमाडौँको नीतिगत अवधारणा र आगामी कार्ययोजना

सुडी समाज काठमाडौँको नीतिगत अवधारणा र आगामी कार्ययोजना

Sudi Samaj Kathmandu

सुडी समाज काठमाण्डौंको २०७७ पुस १८ मा सम्पन्न १० औं साधारणसभाबाट निर्वाचित कार्यसमितिको आगामी दुई वर्षे रणनीतिक सम्बन्धमा अध्यक्ष डा अशोक महासेठ र महासचिव शीतलप्रसाद महतोद्धारा पुस २५ गते बसेको दोस्रो पूर्ण बैठकमा प्रस्तुत नीतिगत अवधारणा र आगामी कार्ययोजना

सुडी समाज काठमाडौँले लिएको ‘सुडी समुदायको सशक्तीकरण, हकअधिकार संरक्षण र मौलिक संस्कृतिको प्रवद्र्धनका लागि सशक्त समाज’ भन्ने मूल नीतिअन्तर्गत रहेर त्यसको कार्यान्वयनका लागि समाजले विशेष अभियान सञ्चालन गर्नेछ । अभियानका प्रमुख मुद्दा, नीतिगत प्राथमिकता र कार्ययोजना देहायबमोजिम हुनेछन्—
१, उत्तरदायी र सबल समाज
अहिले नेपालको नया“ यात्रा समावेशी लोकतान्त्रिक संरचनातर्फ उन्मुख छ । जसवाट समृद्ध, समावेशी र लोकतान्त्रिक नया“ नेपालको निर्माण हुने अपेक्षा राखिएको छ । समावेशी लोकतन्त्रको मा“ग संगसंगै समाजमा पनि समावेशीकरणको सवाल निकै गम्भीर रुपमा उठन थालेको छ । तर अझै पनि सुडी समाजमा महिला, युवा, गरिब र विपन्नलाई नेतृत्व तहमा अर्थपूर्र्ण सहभागिता गराउन सकिएको छैन् । व्यावसायिक र सामाजिक दृष्टिकोणका हिसावले उनीहरुको अर्थपूर्ण सहभागीता बढाउनका लागि संस्थागत रुपमा कार्यक्रमको तर्जुमा र तिनको पूर्णप्रतिवद्धता एंव ईमान्दारीताका साथ कार्यान्वयन गर्नुपर्दछ । सबै सुडी समुदायको साझा संस्थाको रुपमा यस समाजलाई विकास गर्ने रणनीति हुनेछ ।
१ं.१ समाजलाई महिला, युवा, गरिब तथा विपन्न मैत्री संस्थाको रुपमा विकास गरिने छ ।
१.२ समाज भित्रको यर्थाथतालाई आत्मसात गरेर सुडी समाजको सङ्गठनात्मक सुदृढीकरण र समाजको उन्नयनका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने छ ।
१.३ समाजका सबै सदस्यहरुलाई उचित सम्मान र व्यवहार गरिने छ ।
१.४ अझ व्यवस्थित, पारदर्शी र सुशासनयुक्त सुदृढ संस्थाको रूपमा सञ्चालन गर्नका लागि समाजको नियमित बैठक र बैंकमार्फत आर्थिक कारोवार गर्ने व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै लगिने छ ।
१.५ समाजको संगठनात्मक सुदृढिकरण र संस्थागत विकासका लागि प्रत्येक शनिबार समितिको उपलब्ध बैठक र आवश्यकता अनुसार पूर्ण र बिस्तारित बैठक तथा भेलाको आयोजना गरिने व्यवस्था मिलाइने छ । त्यस्तै विधानबमोजिम समाजको परिचालन समेत गराइने छ ।
१.६ सुडी समुदायको मूल्य, मान्यता र आदर्शलाई स्थापित गराउन तथां व्यावसायिक एंव उत्तरदायी समाजको विकासका लागि कार्यकारणी सदस्यहरुको नैतिक आचरण र पेशागत आचारसंहिता पालनामा जोड दिइनेछ ।
२. लैङ्गिक मैत्री सम्बन्धमा
पछिल्लो समयमा समावेशी लोकतन्त्रको मा“गसंगै सबै संस्थामा लैङ्गिक समावेशीको सबाल निकै गम्भीरताका साथ उठ्न थालेको छ । त्यसैले सुडी समाजमा महिलाको पहु“च, सहभागिता र सक्रियतालाई क्रमशः बढाउँदै लगिनेछ ।
२.१ समाजको नेतृत्व तहमा महिला सहभागिता सुनिश्चित गर्ने प्रयासलाई अभियानको रुपमा लगिने छ ।
२.२ समाजको कार्यकारणी समितिमा कम्तिमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिने छ । यसका लागि नेतृत्व विकास र सशक्तीकरण कार्यक्रमलाई अभियानका रुपमा अगाडि बढाइने छ ।
२.३ लैङ्गिक सन्तुलन कायम राख्न छुट्टै महिला उपसमिति गठन गरिने छ ।

३. सदस्यहरुको हकहित र सुरक्षा
समाजका प्रत्येक सदस्यको हकहित र सुरक्षाका लागि समाज सदैव प्रयत्नशील रहने छ । सदस्यहरुमाथि आइपर्ने समस्याको न्यूनीकरणका लागि समाजले आवश्यक समन्वय र सहकार्य गरिने छ । त्यसतै सदस्यहरुको पेशागत सुरक्षा तथा हकहितका अन्य उपायहरूलाई पनि आत्मसात गरिनेछ । यसका लागि सदस्यहरुसँग सहकार्य गर्दै देहायअनुसार कार्ययोजना बनाई अघि बढिने छ—
३.१ सदस्यहरुबीच सहकार्य र समन्वय गर्ने कार्यलाई अभियानको रुपमा अगाडि बढाइने छ ।
३.२ कार्यकारिणी समिति तथा महिला र युवा उपसमितिलाई प्रमाण पत्र वितरण गरिने छ ।
३.३ सुडी समाजबाट प्रतिनिधित्व गर्ने अधिवक्ता, व्यापारी, चिकित्सक, ईन्जिनीयर, शिक्षक, उद्योगी व्यवसायी, राजनीतिकर्मी र सञ्चारकर्मीको समूहगत रुपमा तथ्याँक संक्कलन गरिने तथा समाजको सदस्यता नलिएकाहरुलाई सदस्यता लिन अभिप्रेरित गरिने छ ।
३.४ काठमाडौँ उपत्यकामा स्थायी घर बनाई बसोवास गर्ने र डेरा गरी बस्नेहरुको छुट्टै तथ्याँक संक्कलन गरी घर नक्साङ्कन गरिने छ । यसले गदौ आवश्यकता परेको खण्डमा त्यहाँ सजिलै पुग्न सकिन्छ ।
३.५ साधारण सदस्य, आजिवन सदस्य र नवीकरण गरिएका सदस्यको छुटाछुट्टै तथ्याँक राखिने छ ।
३.६ सदस्यमाथि कुनै प्रकारको घटना वा दुर्घटना भएमा त्यसको तत्काल अभिलेखन, तथ्यांक विश्लेषण, प्रवृत्तिगत अध्ययन, अनुगमन, उद्धार र कानुनी उपचारका लागि आवश्यक पहल गरिने छ ।
३.७ सुडी समुदायमा देखिएका विभिन्न खालका विकृति तथा विसंगतिहरुको पहिचान गरी यसको न्यूनीकरणका लागि अभियान सञ्चालन गरिने छ ।
३.८ यस समुदायका व्यक्तिको घरको विहेवारी, पुजापाठ र मृत्यु संस्कारमा सहभागी हुने र सहयोग गर्ने गराउने कार्यलाई अगाडि बढाइने छ ।
३.९ वैश्य समाजमा विहेवारीको परिपाटी चलाउन पहिल गरिनेछ ।
३.१० म्यारेज ब्यूरो चलाउन पहल गरिने छ ।
३.११ सदस्यहरुको सम्मान र क्षमता अभिबृद्धि गर्न प्रशिक्षणको व्यवस्थाका लागि आवश्यक पहल गरिने छ ।
४. समाजको संगठनात्मक सुदृढिकरण र संस्थागत विकास
समाजलाई सबै सुडी जातिको साझा नेतृत्वदायी पेशागत संगठनको रुपमा विकास गर्न यसलाई संस्थागत विकास गरी अघि बढाउन जरूरी देखिएको छ । यस सन्दर्भमा देहायअनुसार कार्ययोजना बनाई अघि बढिने छ—
४.१ टोल टोलमा गएर सदस्यता विस्तार गरिने कार्यलाई अभियानको रुपमा लगिने छ । यसका लागि टोलटोलमा एक सदस्यलाई संयोजकको जिम्मेवारी तोकिने छ ।
४.२ समाजको आफ्नो वेभसाइट बनाइने छ ।
४.३ सदस्यहरुले फारम भर्दा परिवारका सबै सदस्यहरुको नामावलीलगायत पुरानो र नयाँ ठेगाना राखिने छ ।
४.४ नेपालका विभिन्न स्थान र छिमेकी मुलुक भारतसहित अन्य मुलुकमा रहेका सुडी समुदायका व्यक्ति र संस्थासंग आवश्यक समन्वय, सहकार्य र मैत्रीपूर्ण सम्बन्ध स्थापना गरिने छ ।
४.५ आगामी दुई वर्षभित्र समाजको आफ्नो छुट्टै भवन वा जग्गा खरिद गर्न पहल गरिने छ । यसका लागि समुदायका सबै व्यक्तिसँग सहयोग लिने कार्यलाई अभियानका रुपमा सञ्चालन गरिनेछ । आवश्यक परेमा यस कार्यका लागि छट्टै आर्थिक सहयोग संक्कलन समिति गठन गरिने छ ।
४.६ समाजको आर्थिक विकास र आवश्यक परेमा सदस्यहरुलाई सहुलियत दरमा ऋण सहयोग उपलब्ध गराउनका लागि सहकारी संस्था सञ्चलन गरिेनेछ ।
४.७ सुडी समाजको आफ्नै लज सञ्चालनका लागि आवश्यक पहल गरिनेछ ।
५. महासंघको अवधारणा
नेपालमा बसोबास गर्ने सुडी समुदायको हकहित र अधिकारको प्रवद्र्धन तथा उन्नयनका लागि एउटा छट्टै महासंघको आवश्यकता देखिएको छ । यसका लागि समाजले आवश्यक पहल गरिने छ । यस सन्दर्भमा देहायअनुसार कार्ययोजना बनाई अघि बढिने छ—
५.१ नेपालको विभिन्न स्थानमा रहेका सुडी समुदायसँग आवद्ध संस्थासंग यस सम्वन्धमा आवश्यक छलफल, सम्वाद, अन्तरक्रियालगायतका कार्यक्रम गरिनेछ ।
५.२ सुडी समुदायको जनघनत्व बाक्लो रहेको तर सो स्थानमा यस समुदायसँग आवद्ध संस्था नरहेको अवस्थामा त्यहाँ संस्था खोल्नका लागि अभिप्रेरित गरिनेछ ।
५.३ महासंघ स्थापनाका लागि वृहत सुडी सम्मेलनको आयोजना गरिनेछ ।
५.४ महासंघको केन्द्रीय कार्यालय काठमाडौंमा राखिने र यसका लागि समाजले आवश्यक सहयोग, समन्वय र सहकार्य गरिने छ ।
६. सम्मान तथा पुरस्कार
सुडी समाजको संस्थागत विकास र सुडी जातिको हकअधिकार र उन्नयनका लागि विशिष्ठ योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिनेछ ।
६.१ सामाजिक, आर्थिक, शैक्षिक, साँस्कृतिक र राजनीतिकलगायत क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुहुने विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरिनेछ ।
६.२ प्रत्येक वर्ष यस समाजका सीईईमा उत्कृष्ठ अंक ल्याउने एक बालक र एक वालिकालाई सम्मानसहित मेडल प्रदान गरिनेछ ।
६.३ छात्रवृति वा पुरस्कारका लागि छुट्टै कोषको व्यवस्था गरिनेछ ।

७ साँस्कृतिक कार्यक्रम
सुडी समुदायको मौलिक भाषा, धर्म, संस्कृति र भेषभूषाको प्रवद्र्धनका लागि विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ ।
७.१ प्रत्येक वर्ष शिवरात्रीका अवसरमा पशुपति क्षेत्रमा निःशुल्क भोजन वितरण कार्यक्रमको आयोजना गरिनेछ
७.२ नयाँ वर्ष र महिलाहरुको महानपर्व जितिया एंव तीजजस्ता पर्वका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिनेछ ।
७.३ झिझिया नृत्य प्रतियोगिताको आयोजना गरिनेछ ।

८ सुडी मिलन समारोह (वनभोज) तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
८.१ वर्षमा कम्तिमा एक पटक सुडी मिलन समारोह (वनभोज) कार्यक्रमको आयोजना गरिने छ ।
८.२ सुडी समाजको जनघनत्व बढी रहेको स्थानमा स्वजातिय चिकित्सकहरुको सहभागितामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने छ । यसका लागि चिकित्सकहरुको एउटा छुट्टै समूह गठन गरिनेछ ।
८.३ रक्तदान कार्यक्रमको आयोजना गरिनेछ ।

९. प्रशिक्षण वा दक्षता अभिवृद्धि कार्यक्रम
सुडी समाजका सदस्यको दक्षता अभिवृद्धिका लागि विशेष कार्यक्रमको सञ्चालन र संस्थागत विकासको पहल गरिने छ ।
९.१ सदस्यहरुको सीप र दक्षता अभिवृद्धि एवं प्राज्ञिक क्षमता बढाउनका लागि विभिन्न संघसंस्थासँग समन्वय गरिनेछ ।
९.२ दक्षता अभिवृद्धि कार्यक्रमअन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थासंग समन्वय र सहकार्य गरी प्रशिक्षणको अवसर सिर्जना गरिने छ ।

१० प्रकाशन
१०.१ क्यालेन्डर प्रकाशन गर्ने
१०.२ समाजको स्मारिका प्रकाशन गर्ने
१०.३ आवश्यकता अनुसार विभिन्न पुस्तक तथा प्रतिवेदन प्रकाशन गर्ने

११ स्थापना दिवस
प्रत्येक वर्ष भदौं १० सुडी समाजको स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने छ । यसका लागि आवश्यक स्रोतको व्यवस्थापन गरिनेछ ।