महिला शशक्तिकरण सम्बन्धि वक्तृत्वकला प्रतियोगिता

महिला शशक्तिकरण सम्बन्धि वक्तृत्वकला प्रतियोगिता

सुडी समाज काठमाडौँ- महिला उप समिती का संयोजक श्रीमती अनिता निराला जिउ को नेतृत्वमा महिला शशक्तिकरण सम्बन्धि वक्तृत्वकला प्रतियोगिता मिती २०७८/०३/१२ शनिवार का दिन COVID को बेला भर्चुअल माध्यम बाट सफलता पुर्वक सम्पन्न भयो। यस कार्यक्रम मा माननीय महिला, बालबालिका तथा ज्येष्ट नागरिक पुर्व मन्त्री जुली महतो जिउ प्रमुख अतिथि को रुप मा कार्यक्रम को गरिमा बढाउनु भयो र मौडरेटर को रुप मा युवा उप समिती का संयोजक श्री राम स्वरूप महासेठ जिउ ले महत्वपुर्ण भूमिका निभाउनु भयो। सुडी समाज को इतिहास मा यो कार्यक्रम मा धेरै सफल कार्यक्रम को रुप मा लिन सकिन्छ।

कार्यक्रम मा प्रतिस्पर्धा गर्ने महिला हरु जुली साह, प्रिय पुर्बे, पुनम साह, रिता साह, साबित्री साह, सरिता महासेठ, शोभा पजियार हुन. वहाहरु विशिष्ट श्रेणी को प्रस्तुतिहरु गर्नु भयो। यस संगै युवा महिला समुह मा खुस्बु साह, लिट्टेल महासेठ र प्रीति पजियार पनि प्रतिस्पर्धी हुनु हुन्थिये।

निर्णायक मण्डल मा वरिष्ट अधिवक्ता श्री सुरेन्द्र महतो, पुर्व महिला उप समिती संयोजक श्रीमती निभा साह र सुडी समाज काठमाडौँ पब सदस्य च उप प्राध्यापक श्रीमती लिना साह जिउ ले आफ्नो निष्पक्ष भूमिका निर्वाह गर्नु भयो। महिला समुह मा श्रीमती पुनम साह पहिलो स्थान पाउनु भयो। त्यसै गरी दोस्रो स्थान मा श्रीमती सरिता महासेठ र सरिता पजियर जिउ हुनुहुन्थिये। युवा महिला समुह मा प्रिती पजियार पहिलो स्थान प्राप्त गर्नु भयो भने खुस्बु साह दोस्रो स्थान मा हुनुहुन्थिये।

भिडियो लिंक : https://www.facebook.com/563656134130740/videos/241393527438436